Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले भन्नुभयो नेकपा फुटिसक्यो, घोषणा गर्न मात्रै बाँकी हो : प्रचण्ड

ओलीले भन्नुभयो नेकपा फुटिसक्यो, घोषणा गर्न मात्रै बाँकी हो : प्रचण्ड

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 3.3K
    SHARES

  • ओलीले भन्नुभयो नेकपा फुटिसक्यो, घोषणा गर्न मात्रै बाँकी हो : प्रचण्ड

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटिसकेको तर त्यसको औपचारिक घोषणा गर्नमात्र बाँकी रहेको कुरा आफूलाई बताएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकलाई जानकारी दिनुभएको छ।

    अनौपचारिक भनिएको पार्टीको सचिवालय बैठकमा प्रचण्डले यसबारे जानकारी दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुसँग बताउनुभयो।

    आफूसँग बिहीबार बालुवाटारमा भएको भेटका क्रममा ओलीले ‘पार्टी अलग–अलग भइसकेको छ, औपचारिक घोषणा गर्न मात्र बाँकी हो,तपाईँले सकेको तपाईँले गर्नुस्, मैले सकेको म गर्छु’ भनेको प्रचण्डले आजको बैठकमा जानकारी दिनुभएको हो ।

    ओलीले सचिवालय बैठक नबोलाउन चेतावनी दिँदै बैठक बोलाएकै समयमा पार्टी फुटको घोषणा गर्ने चेतावनी पनि प्रचण्डलाई दिनुभएको बताइएको छ।

    त्यसैले ओलीसँगकै सहमतिमा आजको बैठकलाई अनौपचारिक भनिएको कुरा प्रचण्डले बैठकलाई जानकारी दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।

    तर प्रधानमन्त्री ओली निकट नेताहरुले भने पार्टी फुटिसकेको बारे प्रधानमन्त्रीलाई जोडेर बाहिर आएका हल्लाहरु निराधार रहेको बताएको छ।

    प्रधानमन्त्री निकट नेता सुवासचन्द्र नेम्वाङले नेकपालाई कुनै हालतमा फुट्न नदिइने दृढता व्यक्त गर्नुभयो। नेता नेम्वाङले प्रधानमन्त्रीको सहमतिमै धुम्वाराही अनौपचारिक छलफल भएको दाबी गर्नुभयो।

    उहाँले अब भोलि दुई अध्यक्ष ओली र दाहालबीच भेटवार्ता हुने दाबी पनि गर्नुभयो । आज बिहान आफूसँग भएको भेटमा अध्यक्ष प्रचण्डले साथिहरुसँग छलफल गरेर प्रधानमन्त्रीलाई भेट्न जाने कुरा बताउनुभएको नेम्वाङले जानकारी दिनुभयो ।

    अध्यक्ष प्रचण्डले अबदेखि ओलीसँग छलफल गर्न बालुवाटार छिर्दिनँ नभनेको कुरा पनि आफूलाई जानकारी दिनुभएको नेम्वाङले बताउनुभयो ।

    प्रचण्डले बैठकको सामना गर्न दबाब दिएपछि ओलीले बैठक राखेकै दिन पार्टी फुटको घोषणा हुने चेतावनी दिएको विषय सार्वजनिक भएको छ ।

    यी सबै घटनाक्रमहरु हेर्दा नेकपा विभाजन नभए पनि एक भएर हिँड्न सक्ने बाटो पनि लगभग बन्द जस्तै छ । आज बसेको प्रचण्ड–नेपाल समूहको अनौैपचारिक सचिवालय बैठकले औपचाकिर बैठक डाक्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ ।

    त्यसका लागि भोलि बिहान ९ बजे उनीहरुले सामूहि रुपमा प्रधानमन्त्रीलाई भेट गर्ने बताइएको छ ।


    शुक्रवार, कार्तिक २१ २०७७०७:३३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij