Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

  • आइतवार, भाद्र ९ २०८१

  • 840
    SHARES

  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । अर्पण बैंक्वेटमा जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।

    बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

    केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढिरहेको छ ।

    पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ ।

     


    आइतवार, भाद्र ९ २०८१०२:३६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij