Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन : पर्यटनमन्त्री पाण्डे

सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन : पर्यटनमन्त्री पाण्डे

  • बिहिवार, भाद्र २० २०८१

  • 564
    SHARES

  • सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन : पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनुभएको छ ।

    बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताउनुभयो ।

    मन्त्री पाण्डेले नेपालमा पाँचसय भन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गर्नुभयो । उहाँले भाषा सभ्यता, संस्कृति, भेसभुसा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताउनुभयो।

    संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकताका आधारमा अघि बढ्ने समेत बताउनुभयो ।

     


    बिहिवार, भाद्र २० २०८१०१:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij