Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनाव जित्नेमा बाइडेन विश्वस्त, यस्तो छ ट्रम्पको अवस्था

चुनाव जित्नेमा बाइडेन विश्वस्त, यस्तो छ ट्रम्पको अवस्था

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.4K
    SHARES

  • चुनाव जित्नेमा बाइडेन विश्वस्त, यस्तो छ ट्रम्पको अवस्था

    एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक उमेद्वार जो बाइडेनले आफू जित्नेमा विश्वस्त भएको दोहो¥याएका छन् । अर्का राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्प भने अधिकाशं राज्यमा हार बेहोरेपछि निराश बनेका छन् ।

    अमेरिकी समयअनुसार शुक्रबार साँझ सम्बोधन गर्दै बाइडेनले आफूले मुलकलाई संकटको समयमा नेतृत्व प्रदान गर्न लागेको समेत बताएका छन् । उनले आफूले कोरोना भाइरसको महामारी नियन्त्रण र अर्थतन्त्रको सुधारका लागि काम गर्न सुरु गरिसकेको बताएका छन् ।

    मतदाताहरुले आफूलाई अधिक मत दिएर काम गर्नका लागि जनादेश प्रदान गरेको उनको भनाइ छ । ब्याटलग्राउन्ड स्टेट जर्जिया, नेवाडा र पेन्सलभानियामा अग्रता कायम गरेपछि जित्ने सुनिश्चित देखेपछि मुलुकलाई सम्बोधन गर्दै बाइडेनले आफू ’राष्ट्रपतिको प्रतिष्पर्धामा विजयी’ हुने बताएका हुन् ।

    बाइडेनले अग्रता कायम गरेका पेन्सलभानिया, जर्जिया, नेवाडा र एरिजोना गरी चारवटै राज्यमा जित हात पारेमा उनले ३०६ इलेक्टोरल कलेज मत प्राप्त गर्नेछन् ।

     


    शनिवार, कार्तिक २२ २०७७०६:५२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij