Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सरकारले पलेशासँगै टिम व्यवस्थापकलाई पनि पुरस्कृत गर्ने

सरकारले पलेशासँगै टिम व्यवस्थापकलाई पनि पुरस्कृत गर्ने

  • शुक्रवार, भाद्र २१ २०८१

  • 737
    SHARES

  • सरकारले पलेशासँगै टिम व्यवस्थापकलाई पनि पुरस्कृत गर्ने

    काठमाडौं । सरकारले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि पुरस्कृत गर्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँले सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    नेगीको प्रशिक्षणमा पेरिस पारालिम्पिकमा पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । उनले पनि सरकारबाट करछुटसहित ६५ लाख रुपैयाँ पुरस्कार पाउँदैछिन् ।

    त्यस्तै, मन्त्रिपरिषद् बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय गरेको पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र २१ २०८१०३:३६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij