Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • सोमवार, भाद्र २४ २०८१

  • 673
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
     
    आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
     
    आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।
     
    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’  भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
    samsad 1.PNG


    सोमवार, भाद्र २४ २०८१०७:४४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij