काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ६ बजे बैठक बस्ने तय भएको हो मन्त्रिपरिषद्को यो नियमित बैठक हो ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथै विभिन्न विषयमा छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिनुभयो ।
बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।
यसअघि बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृति सहितका दुई दर्जन हाराहारीमा निर्णय गरेको थियो ।