Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

श्रीमती पटकपटक माइती जाने गरेको भन्दै सिके राउतले गरे सम्बन्धविच्छेदको मुद्दा दायर

श्रीमती पटकपटक माइती जाने गरेको भन्दै सिके राउतले गरे सम्बन्धविच्छेदको मुद्दा दायर

  • बिहिवार, भाद्र २७ २०८१

  • 884
    SHARES

  • श्रीमती पटकपटक माइती जाने गरेको भन्दै सिके राउतले गरे सम्बन्धविच्छेदको मुद्दा दायर

    काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न कारणले सम्बन्ध बिच्छेदका घटनाहरु बढिरहेका छन् । वैवाहिक सम्बन्धमा विभिन्न कारणले असर गरिरहेको छ । कतिपय घटनाहरु गरिबी, अशिक्षाका कारण पनि हुने गर्दछन् ।

    सामान्य नागरिकको जीवनमा मात्रै नभएर सम्बन्ध बिच्छेदका घटना ठूला घरानामा समेत हुने गरेका छन् । कतिपय गुपचुप रुपमा पनि सम्बन्ध बिच्छेद भएको छ भने कतिपय सार्वजनिक हुने गरेका छन् । वैदेशिक रोजगार सम्बन्धविच्छेदको बलियो कारण बनेका छ ।

    अहिले जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन् । उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।

    महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् । उनकी श्रीमती रानी भारतीय नागरिक हुन् । उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन् ।

    ठेगाना दुवैको महालक्ष्मी नगरपालिका ४ नै राखिएको छ । तर श्रीमती माइती जाने गरेकोलगायत विभिन्न कारणहरू उल्लेख गरिएको महतोले बताए, ‘अब अदालतबाट श्रीमतीको नाममा म्याद जान्छ त्यसपछि अन्य काम अगाडि बढ्छ ।’

    उनीहरूका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन् ।

     


    बिहिवार, भाद्र २७ २०८१०२:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij