Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी एकतामा जोड दिँदै नेकपाको केन्द्रीय अनुशासन आयोगले भन्यो, ‘फुट र विभाजन प्रतिगामी कुरा हुन्’

पार्टी एकतामा जोड दिँदै नेकपाको केन्द्रीय अनुशासन आयोगले भन्यो, ‘फुट र विभाजन प्रतिगामी कुरा हुन्’

  • सोमवार, कार्तिक २४ २०७७

  • 1.1K
    SHARES

  • पार्टी एकतामा जोड दिँदै नेकपाको केन्द्रीय अनुशासन आयोगले भन्यो, ‘फुट र विभाजन प्रतिगामी कुरा हुन्’

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादमा केन्द्रीय अनुशासन आयोगले चासो व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह गर्नुभएको छ ।

    ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरागर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, आज एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले भन्नुभएको छ ।

    उहाँले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गर्नुभएको छ ।

    बोहोराले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको बताउँदै समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराउनुभएको छ ।

     


    सोमवार, कार्तिक २४ २०७७०४:१६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij