Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दुई हजार ५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

दुई हजार ५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

  • सोमवार, कार्तिक २४ २०७७

  • 853
    SHARES

  • दुई हजार ५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

    त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लामा आज थप एक हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौंमा मात्रै एक हजार १३६, ललितपुरमाा २०१ र भक्तपुरमा ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी पछिल्लोपटक कोरोनामुक्त भएर एक हजार ७९८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ५९ हजार ७२४ जना पुगेको छ ।

    साथै, पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।


    सोमवार, कार्तिक २४ २०७७०४:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij