काठमाडौं । नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउने पाउने भएको छ । कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद गतिविधि प्रभावित भइरहेको बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुँदैछ ।
क्रिएटिभ ह्याण्ड्सको आयोजना तथा क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानको रुपमा स्थापित म्याराथन आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
सरकार र तत्कालीन माओवादी बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।
कोरोना महामारीका कारण एथ्लेटिक्सको ओलम्पिक छनोट हुन नसकेकोले यही म्याराथनलाई छनोटको रुपमा लिन लागिएको हो ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतकोभन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ ।