काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।
सोमबार(आज) साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो ।
नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गर्नुभएका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राख्नुभएको हो।