काठमाडौं । नेकपा एकीकृत समाजवादी फुटको डिलमा पुगेको छ ।
पार्टीबाट विद्रोह गर्ने खेमाका एक नेताले नाम नखुलाउने शर्तमा दिएको जानकारी अनुसार करिब ६ जना सांसदहरु नै एकीकृत समाजवादी पार्टी छोड्ने मूडमा पुगेको बताइएको छ । दैलेखबाट प्रतिनिधिसभा सदस्य रहेका अम्मरबहादुर थापाको नेतृत्वमा पार्टी विभाजन हुने सम्भावना रहेको ती नेताले बताए ।
पार्टीबाट विद्रोह गरेर जाने तयारीमा रहेका नेताहरुमा प्रेम आलेमगर, धनबहादुर बुढा, कृष्णकुमार श्रेष्ठ ‘किसान’,लगायत छन् । नयाँ बन्न लागेको पार्टीका लागि प्रकाश ज्वाला र भानुभक्त ढकालसँग समेत छलफल भइरहेको ती नेताले बताए ।
सरकारले पनि दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरिसकेको छ । स्रोतका अनुसार सरकारको यो प्रवृत्तिमा माधवकुमार नेपाल असन्तुष्ट देखिएका छन् । विभाजनको संहारमा रहेका नेताहरुसँग एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अनौपचारिक भेट गरेको बुझिएको छ ।