Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दुई हजार ७३६ कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु

दुई हजार ७३६ कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.1K
    SHARES

  • दुई हजार ७३६ कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, पछिल्लो २४ घन्टामा थप दुई हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

    यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ६० हजार ५७७ जना पुगेको छ ।

    साथै, नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने एक हजार ५८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभएको छ ।

     


    मंगलवार, कार्तिक २५ २०७७०५:०९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij