Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने र छविलाल जोशीको म्याद थपसम्बन्धि बहस जारी

रवि लामिछाने र छविलाल जोशीको म्याद थपसम्बन्धि बहस जारी

  • बिहिवार, कार्तिक ८ २०८१

  • 638
    SHARES

  • रवि लामिछाने र छविलाल जोशीको म्याद थपसम्बन्धि बहस जारी

    काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी छ ।

    कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।

    रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित गराइएको थियो । रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

    शहीद चोक क्षेत्र निषेधित क्षेत्र कायमै छ भने हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाक्लो प्रहरी परिचालन गरिएको छ ।


    बिहिवार, कार्तिक ८ २०८१०१:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij