Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जापानद्वारा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण

जापानद्वारा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण

  • सोमवार, कार्तिक १९ २०८१

  • 608
    SHARES

  • जापानद्वारा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण

    काठमाडौं । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण गरेको छ ।

    जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।

    यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरीक्षबाट सूचना आदानप्रदान बढाउने हो ।

    जापानको एचथ्री रकेटले एच(२ ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ ।

    मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिशनपछि सोमबारको एच(थ्रीको प्रक्षेपण यो वर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो ।


    सोमवार, कार्तिक १९ २०८१०५:१२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij