काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन यता अस्वस्थ केसीको आज पिसिआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले दिएको जानकारीअनुसार अध्यक्ष केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेकोसमेत नेता शर्माले जानकारी दिनुभयो ।