Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘कोरोना भत्ता’ नपाएपछि सात डाक्टरले दिए राजीनामा

‘कोरोना भत्ता’ नपाएपछि सात डाक्टरले दिए राजीनामा

  • बिहिवार, कार्तिक २७ २०७७

  • 999
    SHARES

  • ‘कोरोना भत्ता’ नपाएपछि सात डाक्टरले दिए राजीनामा

    काठमाडौं । कोरोना भाइरस जोखिम भत्ता नपाएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत सातजना डाक्टरले राजीनामा दिएका छन् ।

    अस्पतालमा करारमा कार्यरत सातजना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

    लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले बताए ।

    डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र उहाँले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । तर डाक्टरहरु भने काममा फर्केका छैनन् ।

     


    बिहिवार, कार्तिक २७ २०७७०४:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij