Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनपीएल : जनकपुरको लगातार चौथो जित, लुम्बिनी १ रनले स्तव्ध

एनपीएल : जनकपुरको लगातार चौथो जित, लुम्बिनी १ रनले स्तव्ध

  • आइतवार, मंसिर २३ २०८१

  • 657
    SHARES

  • एनपीएल : जनकपुरको लगातार चौथो जित, लुम्बिनी १ रनले स्तव्ध

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरको लगातार चौथो जित भएको छ ।

    हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

    थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

    लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।

     


    आइतवार, मंसिर २३ २०८११२:४६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij