Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनपिएल : चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

एनपिएल : चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

  • आइतवार, मंसिर २३ २०८१

  • 750
    SHARES

  • एनपिएल : चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा ओपनर हसन इसाखिलको अर्धसत्तकको सहयोगमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ ।
     
    आइतबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्‍यो । चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए ।
     
    रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेटकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।
     
    सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए ।
     
    सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो ।
     
    सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।
     
    आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । जनकपुर लगातार चार खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो ।
     
     


    आइतवार, मंसिर २३ २०८१०२:३५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij