Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवनसँग ३३ रनले पराजित

सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवनसँग ३३ रनले पराजित

  • आइतवार, मंसिर २३ २०८१

  • 850
    SHARES

  • सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवनसँग ३३ रनले पराजित
    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । सुदूरपश्चिम आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भयो । चौथो खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो।
     
    १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८।२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमरसिंह राउटेलाको बलमा आउट भए । सेफ जेबले ११ बलमा १८ रन जोडे । विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन बनाए ।
     
    चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए ।
     
    त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्‍यो ।
     
    चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट क्याच आउट भए ।
     
    रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दीपेन्द्रबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशलले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेटकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।
     
    सुदूरपश्चिमका स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो ।
     
    चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।
     
    आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो । जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो । एनपिएलमा सोमबार कुनै खेल छैन ।


    आइतवार, मंसिर २३ २०८१०४:४२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij