काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमित डा.गोविन्द केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उहाँकोे उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराउनुभएको हो ।
‘कोरोनाबाट संक्रमित हुनु भएका डा. गोविन्द केसीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, उहाँले लेख्नुभएको छ, ‘उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्नेसमेत जानकारी गराउँदछु ।’
डा. केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहीबार आफ्नो स्वाब परीक्षण गराउनुभएको थियो । शुक्रबार उहाँमा कोरोना पोजेटिभ देखिएको छ । उहाँको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको छ ।
