काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार आज दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान सवा ९ बजे शुरु हुनेछ। भने दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ।
