Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनपीएल : लुम्बिनी लायन्सको पहिलो जित, कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शन

एनपीएल : लुम्बिनी लायन्सको पहिलो जित, कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शन

  • मंगलवार, मंसिर २५ २०८१

  • 864
    SHARES

  • एनपीएल : लुम्बिनी लायन्सको पहिलो जित, कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शन

    काठमाडौं। जारी नेपाल प्रिमियर लिगमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेल हारेको लुम्बिनीले आज चितवनमाथि पहिलो जित निकालेको हो ।

    लुम्बिनीको जितमा कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो । ब्याटिङ र बलिङमा उनको शानदार प्रदर्शनका कारण चितवनमाथि ३३ रनको फराकिलो जित निकालेको हो ।

    रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।
    रोहितकै ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।


    मंगलवार, मंसिर २५ २०८११२:४३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij