Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

डा. केसीले सरकारी उपचार खर्च अस्वीकार गर्दैै भने, ‘बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर’

डा. केसीले सरकारी उपचार खर्च अस्वीकार गर्दैै भने, ‘बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर’

  • शनिवार, कार्तिक २९ २०७७

  • 1.1K
    SHARES

  • डा. केसीले सरकारी उपचार खर्च अस्वीकार गर्दैै भने, ‘बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर’

    काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले सरकारबाट उपचार खर्च लिन अस्वीकार गर्नुभएको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी ओलीले जानकारी दिनुभएको थियो ।

    ‘कोरोनाबाट संक्रमित हुनु भएका डा. गोविन्द केसीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै भन्नुभएको थियो, ‘उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’

    त्यसको प्रतिक्रियामा शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले आफ्नो उपचार खर्च आफैले व्यहोर्ने बताउनुभएको हो ।

    बरु सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका डा. केसीले आफ्नो स्वास्थ्यप्रति सरकारले चासो दिएकोमा धन्यवाद ज्ञापनसमेत गर्नुभएको छ ।

    ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’, डा. केसीले भन्नुभएको छ, ‘त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च व्यहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च व्यहोर्नेमा हुनुपर्दछ ।’

     


    शनिवार, कार्तिक २९ २०७७०२:५०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij