Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक हजार ९४६ संक्रमित थपिए, १३ जनाको मृत्यु

एक हजार ९४६ संक्रमित थपिए, १३ जनाको मृत्यु

  • शनिवार, कार्तिक २९ २०७७

  • 698
    SHARES

  • एक हजार ९४६ संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ५०३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

    आज १६ लाखभन्दा बढीको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको छ ।

    जसमध्ये एक लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ ।
    २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

    देशभर क्वारेन्टाइनमा भने एक हजार ५७ जना रहेका छन् । शनिबारसम्म नेपालमा १६ लाख दुई हजार ६०३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

     


    शनिवार, कार्तिक २९ २०७७०५:१२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij