Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेसन्स लिगः नेदरल्याण्डस्, वेल्स र इटाली विजयी

नेसन्स लिगः नेदरल्याण्डस्, वेल्स र इटाली विजयी

  • सोमवार, मंसिर १ २०७७

  • 830
    SHARES

  • नेसन्स लिगः नेदरल्याण्डस्, वेल्स र इटाली विजयी

    एजेन्सी । युइएफए नेशन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा नेदरल्याण्डस्, वेल्स र इटाली विजयी भएका छन् । समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोस्निया–हर्जगोभिनालाई ३–१ ले पराजित गरेको हो ।

    नेदरल्याण्डस्का लागि जर्जिनिओ विनालडमले दुई तथा मेमफिस डिपाएले एक गोल गरे । बोस्नियाका लागि प्रेभ्ल्जाकले एक गोल फर्काए । सोही समूहको अर्को खेलमा इटालीले पोल्याण्डलाई २–० ले पराजित गरेको छ । इटालीका लागि जोर्गिन्हो र बेरार्डीले एक–एक गोल गरे ।

    जितपछि ९ अंकसहित इटाली समूहको शीर्ष स्थानमा तथा नेदरल्याण्डस् ८ अंकसहित दोस्रो स्थानमा छन् । पोल्याण्ड ७ अंकसहित तेस्रो स्थानमा छ ।

    समूह बी फोर अन्तर्गतको खेलमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले पराजित गरेको छ । वेल्सका लागि ग्यारेथ बेलको सहयोगमा ब्रुक्सले गोल गरे ।

    नेशन्स लिगअन्तर्गत गएराति नै भएका अरु खेलमा स्लोभाकियाले स्कटल्याण्डलाई १–०, अर्मेनियाले जर्जियालाई २–१, अल्बानियाले काजकस्तानलाई ३–१, बेलारुसले लिथुवानियालाई २–०, टर्कीले रुसलाई ३–२, फिनल्याण्डले बुल्गेरियालाई २–१, ग्रिसले माल्डोभालाई २–० तथा स्लोभेनियाले कोशोभोलाई २–१ ले पराजित गरेको छ ।


    सोमवार, मंसिर १ २०७७१२:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij