Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

डिआइजीको दरबन्दी थप्ने प्रस्ताव किन अड्कियो मन्त्रिपरिषदमै ?

डिआइजीको दरबन्दी थप्ने प्रस्ताव किन अड्कियो मन्त्रिपरिषदमै ?

  • सोमवार, मंसिर १ २०७७

  • 1.2K
    SHARES

  • डिआइजीको दरबन्दी थप्ने प्रस्ताव किन अड्कियो मन्त्रिपरिषदमै ?

    काठमाडौं । नेपाल प्रहरीमा पाँचवटा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमै अड्किएको छ । गृह मन्त्रालयले संगठनात्मक स्वरुप निर्धारण (ओएनएम) अनुसार डिआइजीको दरबन्दी थप्ने प्रस्ताव निर्णयका लागि दुई महिनाअघि मन्त्रिपरिषद्मा पेश गरेको थियो । तर हालसम्म यसबारे कुनै निर्णय नभएको हो ।

    डिआइजीको दरबन्दी थप भएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा प्रक्रिया थाल्ने प्रहरी प्रधान कार्यालय, नक्सालको योजना थियो । तर त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मै अड्किएपछि हाल खाली रहेका तीनवटा दरबन्दीमा मात्रै बढुवा गर्ने तयारी गरेको छ ।

    गृह मन्त्रालयका एक अधिकारीका अनुसार तिहारलगत्तै बढुवा प्रक्रिया अघि बढाइनेछ । प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले भने मुख्य सचिव शंकरदास बैरागीले प्रस्ताव अध्ययन गर्न चाहेको र उहाँलाई कोरोना संक्रमण भएका आइसोलेसनमा बस्नुपर्दा निर्णयमा ढिलाइ भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

    गृह स्रोतले भने हाल ओएनएमसम्बन्धी प्रस्ताव उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको प्रशासनिक समितिमा रहेको जनाएको छ । डिआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएपछि तीन टा डिआइजीका पद खाली थिए ।

    थपिने दरबन्दीका लागि हालका आइजिपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

    त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।

    प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डिआइजी छन् । यसअघि प्रशासनमा २६ जना डिआइजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आइजिपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।


    सोमवार, मंसिर १ २०७७०७:२७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij