Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

५०२ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

५०२ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

  • मंगलवार, मंसिर २ २०७७

  • 907
    SHARES

  • ५०२ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा देशभर जम्मा ३ हजार ११२ जनाको पिसिआर परीक्षण भएको थियो । जसमध्ये ५०२ जनाको पोजिटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।

    अहिले देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन् । त्यस्तै, आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ । योसहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ ।

    देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । मंगलबार ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन् ।

    त्यस्तै, प्रदेश १ मा ३ हजार ४०२, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २ हजार २०३, सुदूरपश्चिम प्रदेशमा १ हजार ५, गण्डकी प्रदेशमा १ हजार ९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    मंगलवार, मंसिर २ २०७७०५:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij