काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज १२ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन बजार परिसूचक १२.५८ अंकले बढेको हो।
योसँगै समग्र बजार परिसूचक २६०१.२१ को विन्दुमा उक्लिएको छ। १७१ कम्पनीको सेयर मूल्य बढेको छ। ६८ कम्पनीको सेयर मूल्य घटेको छ।
यस दिन ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँबराबरको सेयर किनबेच भयो। एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद–बिक्री भएको हो।
समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, म्युचअल फन्ड तथा व्यापारको सेयर मूल्य घट्यो। बाँकी समूहको सेयर मूल्य बढ्यो । फाइनान्स समूह २.३२ प्रतिशत तथा म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेयर मूल्य २.५७ प्रतिशतले बढ्यो ।