Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सचिवालय बैठक सुरु हुनुभन्दा १५ मिनेट अगावै प्रचण्ड पुगे बालुवाटार, के यो संभावित दुर्घटना टर्ने संकेत हो ?

सचिवालय बैठक सुरु हुनुभन्दा १५ मिनेट अगावै प्रचण्ड पुगे बालुवाटार, के यो संभावित दुर्घटना टर्ने संकेत हो ?

  • बुधवार, मंसिर ३ २०७७

  • 1.5K
    SHARES

  • सचिवालय बैठक सुरु हुनुभन्दा १५ मिनेट अगावै प्रचण्ड पुगे बालुवाटार, के यो संभावित दुर्घटना टर्ने संकेत हो ?

    काठमाडौं । सचिवालय बैठकमा सहभागी हुन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो १ बजेका लागि सचिवालय बैठक राखिएको छ । त्यसका लागि प्रचण्ड निर्धारित समय अगावै बालुवाटार पुग्नुभएको हो ।

    बैठकको निर्धारित समयअघि नै प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल हुने स्रोतले बताएको छ । यसलाई संभावित दुर्घटना टर्ने संकेतका रुपमासमेत विश्लेषण हुना थालेको छ । 

    त्यस्तै, पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बालुवाटार पुग्नुभएको छ । लामो समयको कसरतपछि कात्तिक २८ गते शुक्रवार केही समयका लागि नेकपा सचिवालय बैठक बसेको थियो ।

    शुक्रवारको बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोपसहितको राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

    विवादका कारण आजको बैठक अन्योलमा परे पनि प्रवक्ता श्रेष्ठले तोकिएको समयमै बैठक बस्ने जानकारी गराएका थिए ।

    स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्नेछन् ।

    आजको बैठक औपचारिक रूपमा शुरू गरेर कुनै निर्णय नगरी स्थगित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

    नेकपा बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभउको थियो ।

    राष्ट्रपति भण्डारीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसँग मंगलवार भेटेर दुई अध्यक्ष मिलेर अघि बढ्न सुझाव दिएको बताइएको छ ।


    बुधवार, मंसिर ३ २०७७०१:०५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij