Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक हजार ४४२ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

एक हजार ४४२ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

  • बुधवार, मंसिर ३ २०७७

  • 834
    SHARES

  • एक हजार ४४२ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप तीन हजार ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म एक लाख ८२ हजार ७८० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


    बुधवार, मंसिर ३ २०७७०४:४१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij