काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष थपिएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप लिग–२ का खेलहरु हुन नसक्दा एक वर्ष बढाएर २०२३ मार्च सम्मलाई ओडिआई मान्यता दिने निर्णय भएको हो ।
‘नेपालको सन् २०२१ मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा दुई वटा खेल खेल्ने सम्भावना पनि छ’, उहाँले भन्नुभयो, ‘मार्चदेखि विश्वकप लिग–२ गराउन आइसिसीले क्यानलाई प्रस्ताव राखेको छ ।’