Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नक्कली पिसिआर रिपोर्ट प्रकरण : ह्याम्स र स्टार अस्पतालमाथि छानबिन सुरू

नक्कली पिसिआर रिपोर्ट प्रकरण : ह्याम्स र स्टार अस्पतालमाथि छानबिन सुरू

  • बिहिवार, मंसिर ४ २०७७

  • 1.6K
    SHARES

  • नक्कली पिसिआर रिपोर्ट प्रकरण : ह्याम्स र स्टार अस्पतालमाथि छानबिन सुरू

    काठमाडौं । काठमाडौंका ह्याम्स लगायतका केही अस्पताल र निजी ल्यावहरुले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुलेको छ ।

    काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न समेत भनेको छ ।

    यी अस्पतालले कोरोना पोजेटिभ रिपोर्ट आए पनि विदेश जानेहरुलाई नेगेटिभ दिने गरेको खुल्न आएको छ । नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु हङकङ्ग र युएई पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थालेको हो ।

    त्यस्तै, सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्याबोटरीले पनि पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएपछि अनुसन्धानका लागि पत्र नै काटेर पर्यटन मन्त्रालयले थप छानविन र कारबाही गर्न भनेको हो ।

    यस्ता अस्पताल र ल्याबहरुकै कारण नेपाल एयरलाइन्स हङकङ्ग, युएईसहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेको छ । पर्यटन मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टारलगायतका यी ल्याबले स्वाब नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पिसिआर रिपोर्ट दिने गरेको पनि उल्लेख गरिएको छ ।


    बिहिवार, मंसिर ४ २०७७१२:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij