काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार १४४ जनाको पिसिआर परीक्षण गर्दा ए कहजार ६७४ जनामा कोरोरा भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक हजार १३ पुरुष र ६६१ महिला छन् । २४ घण्टामा दुई हजार ३२३ डिस्चार्ज भएका छन् । त्यस्तै, सात जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये एक लाख ९३ हजार ३२५ जनाका कोरोना निको भउको छ ।
थप सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ ।
अहिले देशभर २४ हजार नौजना संक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार २०६ होम आइसोलेशन र ६ हजार ८०३ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५७ जना क्वारेन्टिनमा छन् भने ३३६ जनाको आइसियूमा उपचार भइराखेको छ ।
मन्त्रालयका अनुसार ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।