Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालगन्ज म्याराथनको उपाधि जितेका पार्की ओलम्पिकका भए छनोट

नेपालगन्ज म्याराथनको उपाधि जितेका पार्की ओलम्पिकका भए छनोट

  • शनिवार, मंसिर ६ २०७७

  • 714
    SHARES

  • नेपालगन्ज म्याराथनको उपाधि जितेका पार्की ओलम्पिकका भए छनोट

    काठमाडौं । छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । नेपालगन्जमा आज भएको म्याराथनमा गोपीले उपाधि जितेका हुन् ।

    उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन् ।

    कोरोना भाइरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी ९एनओसी०ले नेपालगन्ज म्याराथनको विजेताले ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

    गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडीसमेत हुन् । सागमा गोपीले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए ।

    यस्तै, महिला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन् ।

    कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा उक्र दूरी पार गर्दै दोस्रो भइन् । १ घण्टा ३८ मिनेट १४ सेकेन्डको समय सहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरेकी छन् ।

     


    शनिवार, मंसिर ६ २०७७०५:१५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij