Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१४ औं वार्षिकोत्सव मनाउँदै गरिमा विकास बैंक

१४ औं वार्षिकोत्सव मनाउँदै गरिमा विकास बैंक

  • आइतवार, मंसिर ७ २०७७

  • 898
    SHARES

  • १४ औं वार्षिकोत्सव मनाउँदै गरिमा विकास बैंक

    काठमाडौं । गरिमा विकास बैंक १४ औँ वर्षमा प्रवेश गरेको छ । आज बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।

    वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष चन्द्रकान्त बराल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दप्रसाद ढकालले शुभकामना सन्देश जारी गर्नुभएको छ ।

    कोरोना भाइरस (कोभिड –१९) महामारीका कारण उहाँहरुले भर्चुअल माध्यमबाट शुभकामना सन्देश जारी गरेको छ । सन्देशमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, नियामक निकाय, सरोकारवालाहरु, कर्मचारीलगायत सम्पूर्णमा धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ ।

    सन्देशमा सिइओ ढकालले बैंकले स्थापना कालदेखि नै गाउँदेखि सहरसम्म ‘वित्तीय क्षेत्रमा सबैको पहुँच’ नारासहित सेवा दिइरहेको बताउनुभएको छ ।
    ‘सबैको साथले गरिमा विकास बैंक वित्तीय क्षेत्रमा अब्बल बनेको बैंकलाई हामीले गाउँदेखि सहरसमम सेवालाई विस्तार गरेका छौँ’, उहाँले भन्नुभएको छ ।
    सिइओ ढकालले आफ्ना बैंकिङ सेवाहरूलाई विस्तार र पहिस्कार गर्दै जानेसमेत जानकारी दिनुभएको छ ।

    ‘१४ औँ वर्षमा प्रवेश गर्दा बैंकले ग्रामिण तथा सहरी क्षेत्रमा सेवा विस्तार गर्दै वित्तीय क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ’, उहाँले थप्नुभएको छ, ‘वित्तीय क्षेत्रमा सबैको पहुँच नारासहित सेवा प्रदान गरिरहेको गरिमा आफ्ना सेवाका कारण वित्तीय क्षेत्रमा लोकप्रिय बन्दै गएकोे छ ।’

    हाल बैंकले १ सय ६ वटा शाखाबाट वित्तीय सेवा दिइरहेकोमा यसलाई अझैँ विस्तार गर्ने योजनामा रहेको बैंकले बताएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ छ । ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल गरिमा विकास बैंकले ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

     


    आइतवार, मंसिर ७ २०७७०१:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij