Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नुवाकोटको आर्दश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

नुवाकोटको आर्दश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन र पठनपाठन सञ्चालन गर्न एमाले निकट अनेरास्ववियुको माग
  • शुक्रवार, चैत्र १ २०८१

  • 527
    SHARES

  • नुवाकोटको आर्दश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    काठमाडौं । नुवाकोटको आर्दश बहुमुखी क्याम्पस प्रशासनले आसन्न स्ववियु निर्वाचन र पठनपाठन बन्द गर्ने गरी गरेको गैरजिम्मेवार निर्णय प्रति एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।

    विद्यार्थीको शैक्षिक अधिकार कुण्ठित गर्ने र स्ववियु जस्तो लोकतान्त्रीक प्रक्रियाको मर्यादा मास्ने काम भईरहेको भन्दै अनेरास्ववियु नुवाकोटले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीका अध्यक्ष फैसलदिनद्धारा जारी विज्ञप्तीमा क्याम्पसको यस्तो हर्कतप्रति आपत्ति जनाइएको छ ।

    अध्यक्ष दिन द्धारा जारी गरीएको विज्ञप्तीमा भनिएको छ, ‘ क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई आवाश्यक सुविधा दिनुको सट्टा स्ववियु निर्वाचननै स्थगित गर्ने निर्णय गर्नु सर्वथा अनुचित हो । यो निर्णय लोकतान्त्रीक प्रक्रिया र समग्र विद्यार्थीको हितविपरीत भएकाले तुरुन्त फिर्ता लिन माग गर्दछौ । , ‘ यदि तत्काल स्ववियु निर्वाचन तथा पठनपाठन सञ्चालन गर्न पहल नगरिए भविष्यमा आइपर्नै सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासन स्वयंमले व्यहोर्नुपर्ने छ ।’ साथै अध्यक्ष दिनले क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुलाई एकताबद्ध भएर क्याम्पस प्रशासनले गरेको अन्यायविरुद्ध लड्न समेत आग्रह गरेका छन ।


    शुक्रवार, चैत्र १ २०८१०९:१९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij