काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अराजकता र पुनः हिंसामा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएपछि महामन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो ।
हिजो सिन्धुपाल्चोकको मेलम्ची पुगेर प्रचण्डले पूर्वराजा शाहले धेरै चुरीफुरी गरे ठेगान लगाइदिने चेतावनी दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर राप्रपाका महामन्त्री राणाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।