काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म दुई लाख दुई हजार ६७ पुगेको छ ।
देशका विभिन्न स्थानका अस्पतालबाट उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार ३४ रहेको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ३८१ जनामा पिसिआर परीक्षणमा गर्दा एक हजार ९८० जना संक्रमित पुष्टि भएको हो ।
यससँगै हालसम्म कूल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ जना पुगेको छ ।