काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले चरम रुप लिइरहेका वेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटले आज छुट्टै भेला राखेका छन् ।
ललितपुर सुनाकोठीस्थित डा. नीरजगोविन्द श्रेष्ठको निवासमा भएको भेलामा अध्यक्ष प्रचण्ड र नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु डा. भीम रावल , जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायतका नेता समभागी छन् ।
दिउँसो ३ः३० बजेदेखि चलेको भेलामा पार्टीभित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
यसैबीच, आज बिहान मात्रै अध्यक्ष प्रचण्डले चिनियाँ राजदूत हाउ यान्छीसँग भेटवार्ता गर्नुभएको हो । त्यसैले अहिलेको गुटको भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ ।