Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण दाङकी महिलाको बाँकेमा मृत्यु

कोरोना संक्रमण दाङकी महिलाको बाँकेमा मृत्यु

  • बुधवार, मंसिर १० २०७७

  • 808
    SHARES

  • कोरोना संक्रमण दाङकी महिलाको बाँकेमा मृत्यु

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो । यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।

    रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

     


    बुधवार, मंसिर १० २०७७११:१३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij