Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईसीसीको नयाँ अध्यक्षमा ग्रेग बार्कले निर्वाचित

आईसीसीको नयाँ अध्यक्षमा ग्रेग बार्कले निर्वाचित

  • बुधवार, मंसिर १० २०७७

  • 950
    SHARES

  • आईसीसीको नयाँ अध्यक्षमा ग्रेग बार्कले निर्वाचित

    एजेन्सी । न्युजिल्याण्डका ग्रेग बार्कले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा निर्वाचित भएका छन् ।दोस्रो चरणको मतदानमा इमरान ख्वाजालाई पराजित गर्दै बार्कले आईसीसीका नयाँ अध्यक्ष चयन भएका हुन् ।

    मतदानमा १६ भोटमा ११ भोट प्राप्त गर्दै बार्कले अध्यक्षमा निर्वाचित भएका हुन् ।पहिलो चरणमा बार्कलेले १० र ख्वाजाले ६ भोट पाएपछि दोस्रो चरणको मतदान भएको हो । अध्यक्षमा निर्वाचित हुनलाई दुई तिहाई मत आवश्यक पर्छ ।

    पेशाले वकिल रहेका बार्कले सन् २०१२ बाट न्युजिल्याण्ड क्रिकेटको निर्देशक भएर काम गरिरहेका छन् ।उनी न्युजिल्याण्ड क्रिकेटको तर्फबाट आईसीसी बोर्डका सदस्य समेत हुन् ।

    अब उनले सबै पद छोडेर आईसीसीको अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।’आईसीसी अध्यक्ष नियुक्त हुनु गर्वको कुरा हो । मलाई सहयोग गर्ने आईसीसी निर्देशकहरुलाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष चुनिएपछि बार्कलेले भने ।

    आईसीसीको पूर्व अध्यक्ष सशांक मनोहरको कार्यकाल गत जुलाईमा सकिएको थियो ।

     


    बुधवार, मंसिर १० २०७७०३:०४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij