Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूँजी बजारको प्रतिनिधित्व र विकासका लागि महासंघमा अवसर पाउने पौडेलको विश्वास

पूँजी बजारको प्रतिनिधित्व र विकासका लागि महासंघमा अवसर पाउने पौडेलको विश्वास

  • बिहिवार, मंसिर ११ २०७७

  • 1.6K
    SHARES

  • पूँजी बजारको प्रतिनिधित्व र विकासका लागि महासंघमा अवसर पाउने पौडेलको विश्वास

    काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघमा पूँजी बजारको प्रतिनिधित्व र विकासका लागि उद्योगी व्यवसायीहरुले आफुलाई अवसर दिने केन्द्रीय सदस्यका उम्मेदबार अम्बिकाप्रसाद पौडेलले विश्वास व्यक्त गर्नुभएको छ ।

    पूँजी बजारका अगुवा तथा अभियान्तका रुपमा परिचित पौडेलले नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने र यसमा अन्तर्राष्ट्रिय लगानीसमेत ल्याउने पहलका लागि महासंघमा जान चाहेको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “पुँजी बजारमा सहभागिता बढ्दो छ । प्रविधिको पनि प्रयोग हुन थालेको छ । तर, अपेक्षित विकास हुन सकेको छैन । महासंघबाट धेरै गर्न सकिन्छ भन्ने विश्वास छ।”

    उहाँले अहिले अन्य क्षेत्रबाट गरिरहेको काम महासंघबाट गर्दा थप प्रभावकारी र फराकिलो हुने भएकाले आफुलेमहासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

    पर्यटन, बैंकिङ, विमा, निर्माण, उत्पादनलगायतका क्षेत्रमा संलग्न पौडेल नेपालको पुँजी बजारका अभियान्ता मात्रै नभई विज्ञ र संगठकको रुपमा समेत चिनिनुहुन्छ ।

    सरकारी जागिर समेत छोडेर पुँजी बजारमै लाग्नु भएका पौडेललाई निर्वाचित गराउँदा महासंघको पनि नयाँ कार्यक्षेत्र थपिने र लगानी सुरक्षाका लागि महासंघको भुमिका प्रभावकारी हुने देखिन्छ ।

    सवै व्यवसायीको लगानीको सुरक्षाको सवाल भएकाले पनि पौडेल निर्वाचित हुने संभावना अत्यधिक रहेको महासंघका सदस्यहरुको भनाई छ ।

    उहाँले आफु कुनै पार्टी विषेशको उम्मेदवार नभई सवै लगानीकर्ता तथा व्यवसायीहरुको साझा उम्मेदबार भएको पनि स्पष्ट पार्नुभएको छ ।

     


    बिहिवार, मंसिर ११ २०७७०९:५५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij