Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक !

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक !

  • बिहिवार, मंसिर ११ २०७७

  • 1.1K
    SHARES

  • म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक !

    एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनीे सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षी म्यारडोनाको गएराति स्वदेशमै निधन भएको हो ।

    म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति चर्चा र प्रशंसा आजका सुपरस्टारहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले नपाएको बताए ।

    म्याराडोनालाई मेसी, रोनाल्डोदेखि ब्राजिलका महान खेलाडी रहेका पेलेले पनि श्रद्धाञ्जलि दिएका छन् ।

    ‘मैले एक नजिकको साथी गुमाएको छु र विश्वले एक महान खेलाडी गुमाएको छ । मलाई आशा छ कि एकदिन हामी दुवै आकाशमा एकसाथ फुटबल खेल्नेछौँ’, पेलेले अन्तिम श्रद्धाञ्जलि दिँदै लेखेका छन् ।

    म्याराडोनाको शवको पोस्टमार्टम हुन बाँकी छ । स्थानीय समयअनुसार म्याराडोनाको निधन बुधबार ब्युनस आयर्सको टाइगर सहरस्थित उनकै निवासमा भएको हो ।

    नोभेम्बरको सुरुआतमा म्याराडोनाको मस्तिष्कबाट ब्लड क्लट निकाल्न अपरेसन गरिएको थियो । त्यसका साथै मदिराको लतबाट मुक्ति पाउनका लागि पनि उनको उपचार चलिरहेको थियो ।

    म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई हराउँदै विश्वकप जितेको थियो ।

     


    बिहिवार, मंसिर ११ २०७७१२:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij