काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसिसी) चाँडोभन्दा चाँडोे कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । आज महासंघको ५४ औं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष राणाले मुलुकको आर्थिक तथा व्यवहारिक रुपान्तरणका लागि उद्योग, कल कारखाना तथा पू्र्वाधार क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । सो लगानी बिना असम्भव भएकाले विदेशी लगानी समेत भित्र्याएर सरकार र निजी क्षेत्र अघि बढ्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष राणाले एमसिसीमा देखिएको राजनीतिक विवाद तत्काल समाधान गरी छिटोभन्दा छिटो लगानी भित्र्याउन सरकारसँग आग्रहसमेत आग्रह गर्नुभयो ।
‘हामीसँग विकास निर्माणका प्रयाप्त सम्भावनाहरु छन् । काम गर्ने सशक्त युवा जमातको पनि ठूलो शक्ति छ । केवल हामीसँग लगानीको मात्र कमी छ । यसका लागि स्वदेशी लगानीका साथसाथै अब हामी विदेशी लगानी भित्र्याउनसमेत अग्रसर हुनुपर्छ’ अध्यक्ष राणाले उहाँले भन्नुभयो, ‘एमसिसी जस्ता दातृ निकायको सहयोग अहिलेको हाम्रो आवश्यकता हो ।