काठमाडौं । नेपाल–भारत द्विपक्षीय परराष्ट्र सचिवस्तरीय वार्ता सकिएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार परराष्ट्र सचिवस्तरीय वार्ता सकिएको हो ।
दुई पक्षीय विदेशसचिवस्तरीय वार्ता सकिएपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंखला अहिले सिंहदरबार पग्नुुभएको छ । उहाँले अहिले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट्दै हुनुहुन्छ ।
त्यसपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच, भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ ।
दरबारमार्गस्थित याक एन्ड यति होटलमा दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्विटर ह्यान्डल ‘इन्डियाइननेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धिपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ ।
त्यस्तै, विदेशसचिव श्रृंगलाले आजै साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम तय भएकोे छ । त्यस्तै आज नै प्रधानमन्त्रीसँगको भेटघाटपछि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
श्रृंगलाले शुक्रबार गोरखा र मनाङमा केही कार्यक्रमहरुमा उपस्थित हुने कार्यक्रम रहेको बताउनुभएको छ । साथै, उहाँ सोहीदिन स्वदश फर्कने कार्यक्र छ ।