Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारका आगामी आर्थिक वर्षका प्रमुख पाँच वटा उदेश्य र प्राथमिकताहरु

सरकारका आगामी आर्थिक वर्षका प्रमुख पाँच वटा उदेश्य र प्राथमिकताहरु

  • बिहिवार, जेठ १५ २०८२

  • 458
    SHARES

  • सरकारका आगामी आर्थिक वर्षका प्रमुख पाँच वटा उदेश्य र प्राथमिकताहरु

    काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका ५ उद्देश्य र सात प्राथमिकता सुनाउनु भएको छ । आर्थिक वर्ष २०८२-८३ बजेट वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका आगमी आर्थिक वर्षका ५ उद्देश्य उल्लेख गर्नुभएको हो ।

    आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने, सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने उद्देश्य राखिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

    यसैगरी उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार आगामी बजेटको प्राथमिकता रहेको अर्थमन्त्री पौडेले बताउनुभयो ।


    बिहिवार, जेठ १५ २०८२०३:५८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij