काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न गरिएको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
निर्वाचन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले निवेदकका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने बताएको हो ।
आज रिटमाथि सुनिवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघको साधारणसभा र निर्वाचन रोक्न गरिएको माग अस्वीकार गरेको हो । योसँगै महासंघको निर्वाचन प्रकृया निर्वाध रुपमा अघि बढ्ने भएको छ ।
आजबाट सुरु भएको महासंघको साधारणसभा र निर्वाचन शनिबार सकिँदै छ । महासंघको निर्वाचन प्रकृयाविरुद्ध प्रदेश नम्बर –२ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गुर्नुभएको थियो ।