Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक शनिबार बस्दै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

नेकपा सचिवालय बैठक शनिबार बस्दै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.1K
    SHARES

  • नेकपा सचिवालय बैठक शनिबार बस्दै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार (भोलि) बस्दैछ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नु हुनेछ ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो प्रस्ताव बिहीबारसम्म करिब अन्तिम रूप दिएको उनीनिकट स्रोतको भनाइ छ ।

    गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद चुलिएको छ । प्रचण्डले सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँगको छलफल र सहमतिमा उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

    मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डकोे राजनीतिक प्रतिवेदनलाई लिएर प्रश्न उठाउनुभएको थियो । उक्त प्रतिवेदनलाई ओलीपक्षले आरोपपत्रको संज्ञा दिएको थियो ।

    प्रचण्डले लगाएको आरोपको आफूले खण्डन र जवाफ दिने भन्दै ओलीले मंसिर ३ गतेको बैठकमा १० दिनको समय माग गर्नुभएको थियो ।

    सोहीअनुसार नेकपा सचिवालय बैठक शनिबार बस्न लागेको हो । यो बीचमा अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता हुन सकेको छैन ।


    शुक्रवार, मंसिर १२ २०७७०२:३३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij